तुलसीपुरका कोरोना संक्रमित परिवारको रिपोर्ट नेगेटिभ

  
दैनिक अभियान आइतवार, जेष्ठ ४, २०७७

तुलसीपुर, ४ जेठ ।  तुलसीपुर उमहानगरपालिका ४ का एक कोरोना संक्रमित घरपरिवारको आर डिटि परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । शुक्रवार सोहि वडाका ४६ वर्षिय पुरुषमा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको थियो । ती पुरुषको घरमा रहेका सात जना परिवारको शनिवार आरडिटि विधिबाट कोरोना परिक्षण गरिएको थियो ।

परिक्षणका क्रममा उनीहरु सपरिवारको रिपोर्ट नेगेटिभ आएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थय प्रर्वद्धन शाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिएका छन् । संक्रमित ती पुरुष भने काठमाडौमा रहेका छन् ।

उनी गएको चैत महिनामा पश्चिम दाङको शान्तीनगर बस्ने बहिनी ज्वाईको उपचार गराउन काठमाडौ पुगेका थिए । उनको कोरोना भाईरस परिक्षण गर्दा पोजेटिभ देखीएको हो । उनी घर नआएको झन्डै डेढ महिना हुन लागेको बताईएको छ ।