दुर्घटनाग्रस्त प्रेस लेखेको लाबारिस रातो कार कसको होला ?

  
दैनिक अभियान बुधबार, बैशाख ३१, २०७७

 तुलसीपुर, ३१ बैशाख ।
तुलसीपुर उपमहानगरपालिका –८ अश्वारामा प्रेस लेखेको कार दुर्घटना भएको छ । पश्चिमबाट तुलसीपुर तर्फ आईरहेको बा १९च ३७०३ नम्बरको कार दुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जानकारी दिए ।

चालक सहित कारमा सवार व्यक्तिहरु गाडी नै त्यही छोडेर हिडेकाले कुन संचार माध्यम वा पत्रकार हुन् सो विषयमा थाहा नभएको प्रहरी निरीक्षक डम्बरपालले बताए ।

कारमा सवार व्यक्तिहरु प्रहरीको सम्पर्कमा नआएकाले उनिहरुको खोजी कार्य तिब्र पारेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले तुलसीपुरमा रहेका सबै मेडिकलमा खोजीरहेको छ । तुलसीपुर – बाघमारे सडकको अश्वारा ओरालोमा कार दुर्घटना भएको हो । चालकले गाडीको लाईट नै अफ नगरेर हिडेका छन् ।

प्रहरीले कारलाई ईलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याउने तयारी गरिहेको छ ।