जीपको ठक्करबाट बालक गम्भीर घाईते

  
दैनिक अभियान बुधबार, बैशाख ३१, २०७७

तुलसीपुर, ३१ वैशाख ।
दाङमा जीपको ठक्करबाट एक वालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार हापुरेबाट तुलसीपुर तर्फ आउँदै गरेको लु १ ज ३५३९ नम्बरको जीपले बबई गाउँपालिका वडा नं. ६ खिलतपुरमा ठक्कर दिदा सोही ठाउँका भुपेन्द्र वलीका ४ बषीय छोरा सचिन वली गम्भीर घाईते भएका हुन् ।