बजार खुलाऊ, यातायात पूर्णरुपमा बन्द गर !

  
दैनिक अभियान मङ्लबार, बैशाख ३०, २०७७

हिजो आज तुलसीपुरमा लकडाउन त्यति प्रभावकारी भएको छैन । प्रहरी हुदा हुदै पनि हामी स्वयंसेवक परिचालन गर्नुपर्ने निर्णय गुर्न भनेको लकडाउन प्रभावकारी छैन भन्ने हो । यस्तो अवस्थामा कन्ट्रोल गर्ने जनशक्तिको अभाव भन्दा पनि उपयुक्त निति निर्माणको अभाव हो ।

सधै बजार मानिसहरुका लागि सधै आवश्यक पर्ने गर्दछ । त्यो जतिवेला पनि आवश्यक पर्न सक्छ । दिनभरी आवश्यक पर्ने बजारलाई हामीले निश्चिित समयका लागि बनायौ भने त्यो समयमा विहान देखि बेलुका सम्म आउने मान्छे एउटै समयमा आउँदा स्वभावैले आउँछ । त्यसैले भिड लगाउन भन्दा बजारलाई विहान देखि बेलुका सम्म खुला ग¥यौ भने भिड हुदैन ।

बरु इन्धनवाला गाडि निश्चित मापदण्ड बनाएर मात्र चलाउँ । एम्बुलेन्स सरकारी कर्मचारी, जनप्रतिनिधि, स्वास्यथ्य कर्मचारी, पत्रकार, प्रहरी र बैंक कर्मचारी बाहेक अरुलाई इन्धनवाला गाडि चलाउँन बन्द गरौं । यदि यो नियमलाई सवैले पालन ग¥यौ भने बजारमा भिडभाड हुदैन । गाउँघरमा आ–आफ्नो दुरी कायम गरेर काम चलिरहेको छ । त्यहाँ त्यति खतर छैन । बरु अन्तर देशिय, अन्तर प्रदेश, अन्तर जिल्ला र अन्तर पालिकाको सिमानामा कडाई गरौं । आन्तरिकरुपमा हरेक कुरा खुला गरौं । हामी भिडबाट डराउँनु पर्दैन ।

गाउँबाट साईकल वा पैदल मानिस आउँने आफुलाई आवश्यक परेको सामान खरिद गर्छ लैजान्छ जान्छ । हामीलाई बजार भन्दा यातायातबाट बढि खतर हो । प्रत्येक पसलहरुमा सेनिटाईजर र हातधुने सानुन पानिको व्यवस्था गर्न लगायौ र सामाजिकदुरि कायम गर्ने बानीको विकास ग¥यौ भने कोरोनाको कुनै खतरा छैन । हामी त कस्ता भयौ भने लक डाउन भन्ने तर ट्रक र टिप्परमा मान्छे लुकाएर भरेर पठाउँने मध्येका सरकारी निकायका मानिस प¥यौ । अनि यस्तो अवस्थामा कसरी कोरोना नियन्त्रण हुन्छ ?

लकडाउन भनेको एउटा मान्छेको अर्को मान्छेसंग, एउटा गाउँको अर्को गाउँसंग, एउटा पालिकाको अर्को पालिकासंग सम्पर्क हुन नदिने वा एउटा मान्छेबाट अर्को मान्छेमा संक्रमण हुन नदिने हो । अर्थात सामाजिक दुरी कायम गर्ने भनेको हो । तर, हामी काहाँ सम्म पूग्यौ भने मन लागेका मान्छेहरुको गाडि जतिवेला पनि छोडिदिने । मन परेका मानछेको व्यवसाय जतिवेला पनि खोल्न दिने तर मन नपरेकाहरुाके मापदण्डभित्र परे पनि खोल्यो भने आफुसंग विवाद परेकाहरुलाई ठिक गर्नलाई पनि जरीवाना गर्न समेत पछि परेनौ । अनि कसरी लकडाउनको पालना होला ?

हामी कोरोना माहामारीबाट सुरक्षित हुन कसरी सक्छौं । सुरक्षा निकाय र स्वास्थ्य निकायमा कार्यरत मानिसहरु कसैले गस्ती गर्न सक्छन् । उनिहरुले अहिले गल्ती गर्न पाउनुपर्छ भन्न खोजेको होईन । तर यसलाई सार्वजनिक विषय नबनाउ । सम्वन्धित निकायमा पुगि ध्यानाकर्षण गराउँ । तर सार्वजनिकरुपमा उनिहरुको मनोवल खस्ने गरी कुनै पनि कार्य गर्नु हुदैन । एउटा हामीले ख्याल गर्नुपर्ने कुरा के हो भने स्वास्थ्य क्षेत्र र सुरक्षा क्षेत्रको मनोवाल उच्च राख्न सकेनौ भने हाम्रो समाज यो महामारीबाट बच्नै सक्तैनौ । बच्नका लागि पनि हामी होसीयार बन्नै पर्छ ।