Loading... आजः १३ फाल्गुन २०७७, बिहीबार

लकडाउनलाई व्यवस्थित गर

यतिवेला हाम्रो देश मात्र होईन सिंगो विश्व नै कोरोना भाईरस (कोभिन–१९) संक्रमितिका कारण आक्रान्त छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण आजसम्म ५३ हजार २ सय २ जनाको मृत्यु भएको छ ।

मृतकको संख्या बिहीवार ४७ हजार २ सय ४९ तथा बुधवार ४२ हजार थियो । अमेरिकामा मृतकको संख्या ६ हजार ७५ पुगेको छ । बिहीवार यो संख्या ५ हजार १ सय १० थियो ।

विश्वमा कोरोना संक्रमतिको संख्या आज बिहानसम्म १० लाख १५ हजार ७ सय २७ पुगेको छ । बिहीवार सो संख्या ९ लाख ३६ हजार १ सय ७० थियो । शुक्रवारसम्म २ लाख १२ हजार ९ सय ९१ जना निको भएका छन् ।

सबभन्दा धेरै अमेरिकामा २ लाख ४५ हजार ८८ जजनालाई संक्रमण देखिएको छ । कोरोनाको संक्रमण शुरु भएको चीनलाई पछि पार्दै अमेरिका, इटाली, स्पेन र जर्मनीमा संक्रमतिको संख्या बढिरहेको छ । इटालीमा १ लाख १५ हजार २ सय ४२ जना संक्रमति देखिएका छन् भने स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित देखिएका छन् । जर्मनीले पनि संक्रमणमा चीनलाई उछिनेको छ । चीनमा ८१ हजार ५ सय ५४ लाई संक्रमण देखा परेको थियो । जर्मनीमा संक्रमतिकको संख्या ८४ हजार ७ सय ९४ पुगेको छ ।

मृत्यु संख्यामा सबभन्दा धेरै इटालीमा १३ हजार ९ सय १५, दोस्रोमा स्पेनमा १० हजार ३ सय ४८ को मृत्यु भएको छ । इटाली र स्पेन पछि अमेरिकामा ६ हजार ७५, फ्रान्समा ५ हजार ३ सय ८७ र चीनमा ३ हजार ३ सय २२ जनाको मृत्यु भएको छ । बेलायतमा २ हजार ९ सय २१ जनाको मृत्यु भएको छ ।

नेपालमा भने १ हजार १ सय ८४ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । त्यसमध्ये ६ जनामा पोजेटिभ रिर्पोट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रवारसम्म गरिएका परीक्षणमा १ हजार १ सय ७८ जनामा संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।

यसरी धनी राष्ट्रहरु त यसरी यो महामारीको चपेटामा छन् भने हाम्रो जस्तो गरिब र कमजोर मुलुकमा साँच्चै महामारी नियन्त्रण भन्दा बाहिर जाने हो भने हामी नेपाली रहन्छौ कि रहदैनौ भन्ने दुविधा उत्पन्न भएको अवस्थामा छौं । सरकारले सुरुको हप्ता आवश्यकता अनुसार कडाई गरेको भान हुन्थ्यो । दोस्रो चरणको लकडाउन फितलोृ देखिएको छ । विहान १० वजे सम्मको अवस्थालाई हेर्ने हो भने छ मुलक लकडाउँन छैन कि क्या हो जस्तो भान हुन्छ । यदि इन्धनवाला गाडिमोटरलाई मनपरी चल्न दिने र लकडाउनलाई कुनै पार्टीको बन्द जस्तो बनाउँने हो भने नेपालमा पनि महामारीको भयावह निम्तिने कुरा निश्चित छ ।

स्थानीय प्रशासन पनि लकडाउनलाई हेरेर थाकेको जस्तो गरी प्रस्तुत भईरहेको छ । यस्तै ढिला सुस्ति गर्ने र गाडिमोटरलाई जथाभावी पास विना चलाउँन दिने हो भने कोरोना संक्रमनलाई कुनै पनि हालतमा नियन्त्रन गर्न सकिदैन ।