खुशीको खबर ! आज पनि ह्वात्तै घट्यो सुनको मुल्य, ताेलाकाे कति पुग्याे ?

  
दैनिक अभियान बुधबार, फाल्गुन १, २०७५

काठमाडौँ । बजारमा आज बुधबार पनि सुनको मूल्य घटेको छ । आज सुनको मुल्य तोलामा दुई सय रुपैंयाँले घटेको हो ।

मंगलबार रु ६२ हजार ८०० मा कारोबार भइरहेको सुनको मुल्य आज बुधबार घटेर रु ६२ हजार ६०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रति तोला ६१ ह्जार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।