ज्ञानोदय ले कब्जा गर्‍यो रनिङ शिल्ड

  
दैनिक अभियान बुधबार, फाल्गुन १४, २०७६


लक्ष्मण बस्नेत
फागुन १४ हेकुली दाङ !
दङ्गिशरण गाउँपालिका स्तरिय दोस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को रनिङ शिल्ड ज्ञानोदय मा.बि.सरुवाडाडा ले कब्जा गरेको छ !
दङ्गिशरण गाउँपालिका को आयोजना तथा बिरेन्द्र माबी हेकुलिको को संयोजनमा संचालित प्रतियोगिता ९ स्वर्ण,५ रजत र ३ कास्य पदक हात पार्दै ज्ञानोदय माबी ले रनिङ शिल्ड कब्जा गर्न सफल भएको हो !
रनिङ शिल्ड को उपाधी कब्जा गरे संगै उसले नगद २० हजार नगद हात पार्‍यो !
त्यस्तै साबिक बिजेता सिद्ध पृथ्वी माबी श्रीगाउँ ८ स्वर्ण,५ रजत र ४ कास्य पदक साथ दोस्रो स्थान मा रहदा माबि मधपुर ७ स्वर्ण,२ रजत र ६ कास्य पदक का साथ तृतिय स्थान मा रह्यो भने साविक उपबिजेता बिरेन्द्र माबि ४ स्वर्ण,९ रजत र ६ कास्य पदक सहित सान्त्वना स्थान हात पार्न सफल भए ! दोस्रो र तेस्रो स्थान हासिल गर्ने सिद्धपृथ्वी माबि र माबि मधपुर ले क्रमशः १५ र १० हजार नगद हात पार्न सफल भए ! त्यस्तै प्रतियोगितामा सहभागी बिध्यालयका प्रधानाध्यापक तर्फ भएको १०० मिटर दौडमा ज्ञानोदय माबी का प्रधानाध्यापक हेम बहादुर शाह प्रथम, बिरेन्द्र माबी का खिम राज खनाल दोस्रो र सिद्धपृथ्वी माबी श्रीगाउ का गुरु प्रसाद गौतम तृतिय भए भने र खेलकुद शिक्षकको २०० मिटर दौड मा बिरेन्द्र माबि हेकुली का प्रदिप चन्द प्रथम,भानु माबिका खिम बहादुर चौधरी दोस्रो र श्रीगाउ लाईभ भिजनका सुशील गिरि तृतिय भएको दङ्गिशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिनोद अधिकारी ले जानकारी दिनु भएको छ !
यसैबिच प्रतियोगिता को समापन समारोह बिरेन्द्र माबी हेकुली बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष मोहन कुमार चौधरी को अध्यक्षता तथा दङ्गिशरण गाउँपालिका अध्यक्ष भागी राम चौधरी को प्रमुख आतिथ्य एवं दङ्गिशरण गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्का को बिशिस्ट आतिथ्य मा भएको थियो !

सो अबसरमा एथलेटिक्स बिधा छात्रा तर्फ सिद्धपृथ्वी कि सपना डागी, छात्रा तर्फ माबी मधपुरका राहुल बिक, भलिवल छात्र तर्फ बिरेन्द्र माबी हेकुली का रबिन्द्र कक्रेल, छात्रा सिद्धपृथ्वी कि सपना डागी, त्यस्तै कबडी छात्रा तर्फ भानु माबी परसडुवा कि फुलमाया पुन र छात्र तर्फ ज्ञानोदय माबी सरुवाडाडाका मनिस सार्की सर्बोउत्कृट खेलाडी घोषित भए !उनिहरुले सर्बोउत्कृट खेलाडी को ट्रफी हात पारे !
कार्यक्रम को संचालन दङ्गिशरण गाउँपालिका प्रेस सयाेजक दिप्ती शिखा चौधरी ले गर्नु भएको थियो !