बस चालक मनिरामलाई सहाराको सम्मान

  
दैनिक अभियान आइतवार, फाल्गुन ११, २०७६

 

घोराही, १० फागुन । घोराहीमा केन्द्रीय कार्यालय रहेको सहारा यातायात सेवा प्रालिले बस चालक मनिराम बिकलाई नगदसहित सम्मान गरेको छ । प्रालिको शनिबार सम्पन्न भएको दोस्रो साधारणसभाका अबसरमा नगदसहित सम्मान गरेको हो ।

प्रालिका अध्यक्ष सुरेन्द्र केसी, उपाध्यक्ष टीकाराम पौडेल, सचिब अतुल कवर, कोषाध्यक्ष रामजनक चौधरीसहित कार्यसमिति सदस्यहरुको सहभागीतामा बस चालक बिकलाई नगद पाँच हजार पाँच सय ५५ रुपैया, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । मनिरामले प्रालिमा रहेको ना ७ ख ६५४३ बस चलाउँदै आउनुभएको छ ।

दुर्घटना नगराएर बस चलाएको भन्द्र प्रालिले बिकलाई सम्मान गरेको अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिनुभएको छ । यस्तै उत्कृष्ट कर्मचारीका रुपमा घोराही काउन्टरका गोपाल केसीलाई पनि नगद पाँच हजार पाँच सय ५५ रुपैया, प्रमाण पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रालिका अध्यक्ष सुरेन्द्र केसीको अध्यक्षतामा भएको साधारणसभामा सेयर सदस्य, कर्मचारी, बस कर्मचारीको सहभागीता रहेको थियो । उपाध्यक्ष टीकाराम पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको साधारणसभाको सञ्चालन सचिब अतुल कवरले गर्नुभएको थियो ।

साधारणसभामा कोषाध्यक्ष रामजनक चौधरीले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियो । यस्तै साधारणसभाले आगामी दिनमा नितीगत रुपमा सक्रिय रुपमा सञ्चालन र क्षेत्र बिस्तार गर्ने निर्णय समेत गरेको छ ।