शिक्षा क्षेत्रमा गोरखा एक नम्बर हुनैपर्छ ः साँसद अधिकारी

  
दैनिक अभियान शनिबार, फाल्गुन १०, २०७६

राजेन्द्र न्यौपाने
गोरखा, ८ फागुन । गोरखा निर्वाचन क्षेत्र नं. १ का सांँसद हरीराज अधिकारी शिक्षा क्षेत्रमा गोरखा एक नम्बर हुनैपर्ने बताएका छन् । शहिद लखन गाउँपालिका वडा नं. ५ स्थित जलदेवी मा.वि.को ४२ औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले सो कुरा बताएका हुन् ।
गोरखा जिल्लाको शिक्षा सुरु देखि नै राम्रो छ, अहिले भौतिक पुर्वाधारहरुमा तिब्र विकास छ, यसलाई प्रयोग गरेर स्तरीय शिक्षा प्राप्तिका लागि शिक्षक, विद्यार्थी, अभिभावक लाग्नु पर्ने बताए ।

गोरखाका जो कोही मानिस शिक्षित रोजगार हुनुपर्ने उनले बताए । विद्यालय र पढाउने शिक्षकका लागि के आवश्यकता हो त्यो पूरा गर्न तयार छौं तर नजिता अब्बल हुनुपर्ने उनले बताए । शिक्षालाई व्यवहारिक र वैज्ञानिक बनाई अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धी बनाउनुपर्ने उनको भनाई थियो ।