उपमेयर कप भलिबलको उपाधि पद्मोदयलाई

  
दैनिक अभियान मङ्लबार, माघ १४, २०७६

घोराही, १४ माघ

घोराही उपमहानगरपालिकाले आयोजना गरेको प्रथम उपमेयर कप बिद्यालय स्तरिय छात्रा भलिबल प्रतियोगीताको उपाधि पद्मोदय पब्लिक नमुना माबि भरतपुरले जितेको छ । पद्मोदयले गोर्खा माबि घोराहीलाई ३—१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । गएको पुस २७ गते देखि सुरु भएको भलिबल प्रतियोगीताको मंगलबार भरतपुर मैदानमा फाईनल खेल भएको हो । गोर्खा र पद्मोदय विचमा भएको पहिलो खेलमा २५—१५, दोस्रो खेलमा पद्मोदय र गोर्खाको २५—१४, तेस्रोमा २५ — १८ र चौथो खेलमा २५ — १४ अंक ल्याउदै पद्मोदयले उपमेयर कप भलिवलको उपाधि जितेको छ । प्रतियोगीतामा ज्ञानसिन्धु माबिलाई हराउँदै पद्मोदयले फाइनलको यात्रा गरेको थियो भने गोर्खाले माबि रझेनालाई हराउँदै फाइनलको यात्रा गरेको हो । प्रथम भएको पद्मोदयले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

यस्तै दोस्रो भएको गोर्खा माबिले नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउने भएका छन् । विजेता र उपविजेतालाई बुधबार नगरको स्थापना दिवसमा पुरस्कार तथा शिल्ड प्रदान गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा नगर भित्रमा मावि स्तरका १३ विद्यालयका छात्राहरु सहभागि भएका थिए । बिद्यालयस्तरबाटै छात्राहरुलाई भलिबलमा प्रोत्साहन गर्ने उदेश्यले यसबर्ष देखी भलिबल प्रतियोगीता आयोजना गरिएको उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिनुभएको छ । यसैविच मंगलबार महिला जनप्रतिनिधी र महिला पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको छ ।

 

खेलमा जनप्रतिनिधी महिलाले जित हाँसिल गरेका छन् । जनप्रतिनिधी र पत्रकारहरु बिच भएको पहिलो खेलमा २५—शून्य र दोस्रो खेलमा २५ — ९ अंकले जनप्रतिनिधी महिलाहरु विजयी भएका हुन् । जनप्रतिनिधीहरुको तर्फबाट उपप्रमुख सीता सिग्देल न्यौपाने र पत्रकारहरुको तर्फबाट पत्रकार महासंघका उपाध्यक्ष लिला शाहको नेतृत्वमा खेल भएको हो ।