महिला पत्रकार र महिला नेता बीच मैत्रिपुर्ण भलिवल(फोटा फिचर)

  
दैनिक अभियान मङ्लबार, माघ १४, २०७६

घोराही,
घोराही उपमहानगरपालिकाको आयोजनामा महिला पत्रकार र दलका महिला नेता बीच मैत्रीपुर्ण भविलव प्रतियोगिता सम्पन्न भएको छ । खेलमा महिला नेताको टोलीले पत्रकार महिलाको टोलीलाई भारी अंकले पराजित गरेको थियो ।
खेलको पहिलो हाफमा शुन्यका विरुद्ध २५ अंक प्राप्त गरी दलका महिला नेताले जित हात पारेका थिए भने दोस्रो हाफमा ९का विरुद्ध २५ अंक प्राप्त गरी दलका महिला टोलीले महिला पत्रकारको टोलीलाई सजिलै हराएको थियो ।

 

खेलमा महिला पत्रकारको तर्फबाट पत्रकार महासंघकी उपाध्यक्ष लिला शाह र जनप्रतिनीधिको तर्फबाट उपमहानगरकी उपप्रमुख सीता सिग्देल न्यौपानेले खेलको नेतृत्व गरेका थिए । खेलमा महिला पत्रकारको तर्फबाट नारायणी रजौरे, सुलोचना गौतम, बसुन्धरा गौतम, रीता लामा, सविता चौधरी, सुसिला वली, सरु चौधरी खेलमा सहभागि भएका थिए । यस्तै राजनीतिक दलका महिला नेतृहरु हुमा डिसी, सावित्रा राना, पवित्रा विक, माया रावत लगायतका महिलाहरु रहेका थिए ।