Loading... आजः १३ फाल्गुन २०७७, बिहीबार

परिवर्तन मास्न सरकारबाटै षडयन्त्र भईरहेको छ : विश्वासी

ओलीको चुनावी नारा नाटक मात्र हो : नारायणी

तुलसीपुर। नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य भागवत विश्वासीले नेपालको परिवर्तन लाई मास्न केपी ओली सरकारले षडयन्त्र गरेको आरोप लगाएका छन् । संघिय गणतन्त्र, धर्म निरपेक्षता, समावेसी समानुपाति प्रणाली लगाएतका लोकतान्त्रिक गणतन्त्र मास्न ओली सरकार राजावादीहरु संग साँठगाँठ गरेको बताएका छन् ।

नेपाल दलित मुक्ति संगठन बबई गाउँकमिटिको भेलालाई संवोधन गर्दै नेता विश्वासीले ओली सरकारले गरेको परिवर्तन विरोधी षडयन्त्रका विरुद्व सवै जाग्नु पर्ने बताए । भेलाका प्रमुख अतिथि समेत रहेका विश्वासीले यो देशका दलितहरुको अधिकार फेरी खोस्ने तयारी भएको भन्दै सिंगो दलित समुदाय नेकपाको झण्डामुनी गोलबन्द भएर संघर्षमा उत्रन आह्वान गरेका छन् । फागुन २१ गतेको जिल्ला सभा घोराहीमा बबईबाट सवै दलित समुदाय जुरुक्क उठेर ओलीको प्रतिगामीकदमका विरुद्व उठ्नु पर्ने बताए ।

भेलाका विशिष्ट अतिथि तथा नेकपा केन्द्रीय सदस्य नारायणी शर्माले केपी ओली सरकारले चुनाव गर्ने भनेर देशलाई ढाँटेको बताइन । ओलीले ताजा जनादेश चाहेका हुन्थे भने निर्वाचन आयोगलाई बन्धक बनाएर राख्ने थिएनन् । प्रधानमन्त्री ओलीले निर्वाचन आयोग संवैधानिक भए पनि स्वतन्त्र पूर्वक काम गर्न नदिएको र पार्टी विवाद टुंग्याउन पनि नदिएकाले उनी चुनाव गर्ने पक्षम नरहेको बताईन । संसद विघटन गैर कानुनी र गैर संवैधानीक भएकोले संसदको पुनःस्थापनाको विकल्प नरहेको बताउदै शर्माले ओली सरकारको झुठो चुनावी नारमा कोहि पनि भ्रममा पर्न नहुने बताईन ।

विशिष्ट अतिथि शर्माले चुनाव चाहेको प्रधानमन्त्रीले पार्टीको नाम र चुनाव चिन्ह सवै भन्दा क्लियर गर्छ । तर ओली आफ्नै दल र चुनाव चिन्हको टुंगो समेत लगाउन नचाहेकाले उनि चुनाव विरोधी हुन भन्ने पुष्टि समेत बताईन । यो देशमा चुनाव हुन्छ । तर, त्यो भन्दा पहिले संसदको पुनःस्थापना अनि संसदको कार्यकाल पुरा भएपछि चुनाव हुने कुरामा विश्वस्थ हुन सकिन्छ । अहिलेको पहिलो सर्त संसद पुनःस्थापना भएकाले सवैले त्यतै ध्यान केन्द्रीत गर्नु पर्ने नेतृ शर्माको जोड रहेको. थियो ।

भेलामा नेपाल कम्युनिष्ट पार्टीका लुम्विनी प्रदेश सदस्य भिम बहादुर वली, बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विश्वकर्मा, नेपाल दलित मुक्ति संगठनका केन्द्रीय सचिवालय सदसय खड्कबहादुर सुनार, संगठनका दाङ जिल्ला सह संयोजक हिरालाल सुनार लगाएतका अतिथिहरुले संबोधन गरेका थिए ।

भेलाले २५ गते भित्र सवै वडामा एकताभेला सम्पन्न गरी कमिटि निर्माण गर्ने निर्णय गरेको छ । मुक्ति संगठनले घोराहीमा नेकपा जिल्ला कमिटिको आयोजनामा हुन लागेको फागुन २१ गतेको जिलला सभामा बबई गाउँ कमिटिबाट ब्यापक सहभागिता गराउने निर्णय गर्दै नेपाल दलित मुक्ति संगठन बबई गाउँकमिटिको भेला सम्पन्न भएको छ ।

जयराम विकको अध्यक्षता एवं नेकपा केन्द्रीय सदस्य भागवत विश्वासीको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य नारायणी शार्माको विशिष्ट आतिथ्यमा भएको भेलाले खुम बहादुर विक संयोजक र बलबिर बिक सह संयोजक रहेको ३१ सदस्यीय सम्मेलन आयोजक कमिटि गठन गरेको छ । कार्यक्रमको सहजीकरण खुमबहादुर विकले गरेको थिए ।