Loading... आजः १७ फाल्गुन २०७७, सोमबार

प्रधानमन्त्री ओलीले सुनाएका तीन वर्षे उपलब्धि (पूर्णपाठसहित)

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारका तीन वर्षे उपलब्धिहरु सार्वजनिक गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को पुनर्निर्मित कार्यालयमा आयोजित प्रेस ब्रिफिङमा ओलीले आफ्नो नेतृत्वको सरकारले तीन वर्षको अवधिमा गरेको काम सार्वजनिक गरेका हुन्।

सम्बोधनका क्रममा उनले जनतासमक्ष गरेको प्रतिबद्धता अनुसारको काम गर्न पार्टीभित्रकै नेताहरुले अवरोध सिर्जना गरेकाले नसकिएको भन्दै ताजा जनादेशका लागि जनासमक्ष जाने निर्णय गरेको बताए।

सम्बोधनका क्रममा ओलीले सरकारले तीन वर्षको अवधि ठूलो उपलब्धिपूर्ण काम गरेको र कतिपय ठूलो आयोजनाको सुरुवात गरेको दाबी समेत गरे। सरकारको पहिलो बर्षको कार्यभारलाई ‘राज्यको संरचनागत व्यवस्थापन र समृद्धिको आधारबर्ष’मानेको बताउँदै ओलीले संघीयता कार्यान्वयन सहजीकरण कार्ययोजना कार्यान्वयनमा सफल भएको दाबी गरे।

प्रेस ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘तीन बर्ष पछि आज फर्केर हेर्दा, हामीले सन्तोषजनक उपलब्धि हासिल गरेका छौं । संविधान कार्यान्वनका लागि आवश्यक नीतिगत व्यवस्था, संस्थागत तथा भौतिक संरचनाहरु तयार गरेका छौं।’

पूर्णपाठ