Loading... आजः १७ फाल्गुन २०७७, सोमबार

उवासंघ तुलसीपुरमा अन्तर्घात

तुलसीपुर । उद्योग वाणिज्य संघ तुलसीपुरको निर्वाचनमा नेकपाको व्यवसायीक प्यानलमा अन्तरघात भएको छ । केपी ओली समुह र प्रचण्ड माधव समुह मिलेर एउटै चुनावी टिम (प्यानल) बनाएको मा प्रचण्ड माधव पक्षका उद्योग उपाध्यक्षका उमेद्वार यज्ञबहादुर केसी माथि करिब ४ सय मत अन्तरघात गरिएको बताइएको छ । मत गणानामा सहभागि घनश्याम डाँगिका अनुसार–अध्यक्ष राम प्रसाद चालिसेको प्यानल सवैलाई मत आउँदा उद्योग उपाध्यक्षमा यज्ञ केसीलाई नआई ललितजंग शाहलाई मतदान गरिएको भेटिएको थियो ।

दुई चिरामा विभाजित नेकपालाई एक प्यानल बनाएर चुनाव लडाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने केसीलाई नै छानी छानी अन्तरघात गरिएपछि अबका दिनमा कार्यगत एकता गर्ने कि नगर्ने प्रश्न चिन्ह उठेको छ । नेकपा प्रधण्ड माधव पक्षका कार्यकर्ताहरु भविष्यमा केपी ओली टिम संग सहकार्य गर्न नुहुने निश्कर्ष निकाल्न थालेका छन् ।

नेकपाक एक जिल्ला नेताका अनुसार अव पार्टिमा गम्भिर समिक्षा गर्नु पर्ने बताए । नेकपाको एउटै प्यानल बनाउदा निकै मिठो अनुभुति गरेका नेकपा प्रचण्ड माधव समुहका कार्यकर्ताहर व्यापक अन्तरघात भएपछि अव कार्यगत एकता गर्न नहुने निक्ष्कर्ष निकालेका छन् । उवा संघ तुलसीपुरको चुनावी मत परिणाम संगै कार्यकर्तामा निराशा छाएको छ । तुलसीपुरको पदाधिकारीहरु सवैले चुनाव जित्दा प्रचण्ड माधव समुहका उद्योग उपाध्यक्ष उमेद्वार यज्ञ केसीलाई आउनु पर्ने करिब ४ सय मतमा अन्तरघात गरिएको छ ।

प्रचार समितिले पनि प्रचारमा गुटवन्दी गरेको आरोप छ । आफ्ना आफ्ना गुटकालाई मात्र प्रचार समितिले प्रचारमा ध्यान दिएको तर प्रचार सामाग्रीकालागि भने सवैबाबा आथिएक असुलेको आरोप लागेको छ । सवै उमेद्वारालाई मत जानु तर एकजनालाई मात्र मत नपर्नु अन्तरघातको नमुना नै भएको छ ।

आसन्न खानेपानी चुनावमा असर गर्ने

नेकपा प्रचण्ड माधव पक्षका कार्यकर्ताहरुले अव खानेपानी चुनावमा ओली पक्षसंग एकता गर्न नहुने बताउन थालेका छन् । नाम नबताउने सर्तमा केपी समुहसंग अव खाने पानी चुनावमा एकता नगर्ने बताइ रहेका छन् । पार्टीले कार्यगत एकता गरे पनि कार्यकर्तातहबाट जस्ताको तस्तै कार्यन्वयन गर्न नहुने एक कार्यकर्ताले बताए । यस्तो प्रकारको अन्तरघातले निकट भविष्यमा हुने खानेपानी निर्वाचनलाई समेत धक्का लाग्ने देखिएको छ । उद्योग वाणिज्य संघको चुनावले खाने पानी संस्थामा नेकपा एकता कायम गरेर चुनाव लड्ने सम्भावना न्युन रहेको देखिन्छ । एकताको नाममा अन्तरघातलाई मौलाउने बाताबरण बनाउनु भन्दा एक्ला एक्लै चुनाव लडेर आफ्ना मत सुरक्षित गर्नु उपयुक्त हुनेछ ।

एकता कसका लागि ?

एकता भनेको एकले अर्कोलाई पछार्नु त हुदै होइन । एकता भनेकै मिलेर अघि बढ्नु हो । अन्त जहाँ एकता गरे पनि तुलसीपुरमा भने खतरनाक अन्तरघात व्यहोर्नु पर्ने स्थितिको सर्धै सिर्जना भएको छ । २०७४ सालको प्रदेशसभा निर्वाचनमा पनि यसरी नै जगप्रसाद शर्मालाई एकताको गुलियो नाराले तितो अन्तरघात व्यहोर्न बाध्य बनाएको थियोृ । आज तुलसीपुरमा पनि यज्ञ केसी माथि त्यहि अन्तरघात दोहरिएको छ । त्यसकारण अब एकता गर्न भन्दा पहिलो एकता कसका लागि ? भनेर प्रश्न उठाउनु पर्ने र त्यो पक्ष स्पष्ट पारेपछि मात्र अघि बढ्नु पर्ने देखिन्छ ।