Loading... आजः १७ फाल्गुन २०७७, सोमबार

व्यवसायीको हित हाम्रो मुल मुद्दा हो : संयुक्त व्यवसायी प्यानल

तुलसीपुर उद्योग बाणिज्य संघको आगामी निर्वाचनकालागि संयुक्त व्यबसायीक प्यानलले चुनाब प्रचार अभियानलाई तिब्र पारेको छ । विहीबार बजारका सबै पसलमा गएर व्यबसायीलाई भेटघाट गर्नुकासाथै घरदैलो गरिएको हो ।

अध्यक्षका उम्मेदवार रामप्रसाद चालिसे, बाणिज्य उपाध्यक्ष मिनराज भण्डारी, खुल्ला तर्फका उम्मेदवार रुपबहादुर खत्री र उद्योग तर्फका उम्मेदवार यज्ञ वहादुर केसी, सचिव पदका उम्मेदवार वेदप्रसाद वली, सहकोषाध्यक्षका उम्मेदवार टेकप्रसाद केसी सदस्यहरु नबीन राई, चन्द्र्रवहादुर वली, कमल डिसी, दुर्गाप्रसाद भुषाल,चक्रप्रकाश नेपाली, महिला सदस्यमा गंगा खड्का वली र निर्मला भुषाल घरदैलोमा पुगेका थिए ।

उनीहरुले व्यबसायी हकहितकालागि एकपटक आफूलाई काम गर्ने अबसर प्रदान गर्न व्यबसायीसंग आग्रह गरेका छन् । अरुले पटक–पटक अवसर पाएपनि आफूलाई एकपटक काम गर्ने अवसर दिनुपर्ने उनीहरुले बताए । तुलसीपुरको टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तार तथा ईन्धन डिपो स्थापना गर्न पनि आफ्नो उम्मेदवारी भएको उनीहरुको भनाई छ ।

त्यस अवसरमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, नेता नारायण खनाल, नेकपाका तुलसीपुर नगर कमिटि अध्यक्ष खुसीराम चौधरी, नेता विष्णु खत्रीलगायतको टोली पनि घरदैलो अभियानमा सहभागि थियो । उनीहरुले व्यबसायीहरु संयुक्त व्यबसायीक प्यानलको पक्षमा भएको भन्दै जित सुुनिश्चित भएको समेत बताएका छन् ।