‘दुई तीहाइ ल्याउने मिस्टर ओलीको खुट्टी हेर्दै पत्यायौँ’
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको जमानत जफल भएको बताउनुभएको छ । नेकपाको आन्दोलनरत पक्षले राजधानीमा आज आयोजना गरेको बृहत आमसभामा बोल्दै खनालले ओलीको जमानत जफत भएको बताउनुभएको हो ।
उहाँले आधिकारीक पार्टी हेर्न प्रधानमन्त्री ओलीलाई प्रदर्शनीमार्गको वरिपरी आउन आग्रह समेत गर्नुभयो । । यहाँ आज पार्टी पोखिएको छ । यो भन्दा अर्को आधिकारीक पार्टी हुन सक्दैन । उहाँले एउटा फिस्टे चराको कथा सुनाउँदै भन्नुभयो, ‘मिस्टर केपी ओली तपाइँका खुट्टी हेर्दै पत्यायौँ अब तपाइँले दुई तिहाइ हैन दुई वर्षपछि यो देशमा चुनाव हुन्छ त्यसबेला हेर्नुहोला मेचीदेखि महाकाली सम्मका १६५ सिटमा तपाइँको जमानत जफल हुँदैछ ।’
नेता खनालले आफूहरु गुटको कुर्सीको लडाइँ नगरको भन्दै केपी ओलीले ध्वस्त गरेको संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका निम्ति लडिरहेको बताउनुभयो । उहाँले आफूहरु देशको स्थायीत्वका लागि संघर्ष गरिरहेको बताउनुभयो ।