Loading... आजः ५ बैशाख २०७८, आईतवार

ओलीको तानाशाहीतन्त्र पतन नहुँदासम्म आन्दोलन जारी रहन्छ : देव गुरुङ

काठमाडौँ — पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वका नेकपाका स्थायी कमिटी सदस्य देव गुरुङले केपी शर्मा ओलीको ‘तानाशाहीतन्त्र’ पतन नहुँदासम्म आन्दोलन जारी रहने बताएका छन् ।

प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै गुरुङले ओलीको ‘तानाशाहीतन्त्र’लाई पराजित नगर्दासम्म आन्दोलन जारी रहने बताएका हुन् । संविधान र लोकतन्त्रको रक्षा गर्न जनता विरोधमा आउनुपर्ने उनको भनाइ थियो ।

‘ओलीको तानाशाहीतन्त्र विरुद्ध, गणतन्त्र, लोकतन्त्रको रक्षाका निम्ति नेपाली जनता फेरि एकजुट हुनुपर्ने आवश्यकता छ । जबसम्म केपी ओलीको ‘तानाशाहीतन्त्र’को पतन हुँदैन, त्यसलाई पराजित गर्न सकिँदैन तबसम्म आन्दोलन जारी रहन्छ,’ गुरुङले भने ।

नेपालको संविधानले पाँच वर्षमा हुने आवधिक निर्वाचनलाई मात्र मान्ने गुरुङको दाबी छ । ‘ताजा जनादेशको नाममा वैशाखमा चुनाव गर्ने भनिएको छ । नेपालको संविधानले पाँच वर्षको आवधिक निर्वाचन मान्छ । ओलीले वैशाखमा चुनाव गर्ने भनेको तानाशाही तन्त्र, फाँसिवादी तन्त्र कायम राख्नु हो । त्यो प्रधानमन्त्रीको रबर स्टाम्पमा बनाइने संसद् हो,’ गुरुङले भने ।कान्तिपुरदैनिकबाट