Loading... आजः १३ फाल्गुन २०७७, बिहीबार

आम हड्तालको पूर्व सन्ध्यामा तुलसीपुरमा मसाल जुलुस !

तुलसीपुर । नेकपाले भोलि २२ गते आह्वान गरेको आमहड्ताल सफल बनाउन युवा विद्यार्थीहरुले तुलसीपुरमा मसाल जुलुस गरेका मछन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू दाङ जिल्ला कमिटिको आयोजनामा तुलसीपुर स्थित मदन आश्रित चोक देखी विपिचोध सम्म मसाल जुलुस गरिएको छ ।

मसाल जुलुस पछि विपिचोकमा भएको कोणसभालाई संवोधन गर्दै नेकपा दाङ जिल्ला सचिवालय सदस्य तथा तुलसीपुर उपमहानगरपालिका अध्यक्ष खुशी राम चौधरीले केपी ओलीको असंवैधानिक, स्वयीच्छाचारी अराजनीतिक कदम र संवैधानीनक निकायमा गैरकानुनी तरिकाले गरिएको नियुक्तिले ओली वास्तविक तानाशाह भएको बताए । ओलीको तानाशाहीलाई तह न लगाउदा देश नै बर्बाद हुने भएको हुद सम्पूर्ण तुलसीपुर नगरवासी जनतालाई सडकमा आउनु अनुरोध गरे ।

राष्ट्रिय युवा संघका दाङ जिल्ला सहसंयोजक माधव बुढाथोकिले सम्पूर्ण युवाहरुलाई आमहड्ताल सफल बनाउन सडकमा आउन अनुरोध गरेका छन् । लोकतन्त्रको रक्षा र ओलीको प्रतिगामी कदमको विरुद्व नेकपाले गरेको आन्दोलन र आम हड्तालमा सहभागी हुन आम युवापंक्तिलाई आह्वान गरेका थिए ।

अनेरास्ववियू दाङका सहसंयोजक रविन्द्र डाँगिले ओलीको कदमले विद्यार्थीको भविष्यमाथि समेत समस्या उत्पन्न गरेको भन्दै्र आमहड्ताललाई सफल बनाउन सहभागी हुन अनुरोध गरेका छन् । तानशाही व्यवस्थामा विद्यार्थीको भविष्या कुन्ठित हुने हुदा त्यसलाई फाल्न र लोकतन्त्रको रक्षाका खाँतिर आन्दोलनमा होमिनु आजको आवश्यकता भएको भन्दै विद्यार्थीहरुलाई आन्दोलनमा आउन आह्वान समेत गरेका छन् ।

प्रतिनिधी सभा सदस्य हिराचन्द्र केसी र नेकपा लुम्विनी प्रदेशका सदस्य रामबहादुर दहित अन्जानको समेत उपस्थिति भएको मसाल जुलुसमा तुलसीपुर उपमहानगरपालिका अध्यक्ष खुशीराम चौधरी दाङ जिल्ला प्रचार विभाग उपप्रमुख आजाद खड्का, जिल्ला सदस्यहरु अनुपम क्षेत्री, तुलाराम भण्डारी, नेकपाका नेता प्रेमराज वली, राष्ट्रिय युवासंघको केन्द्रीय सदस्य दिपशिखा जिएम, जिल्ला संयोजक प्रेम बुढा, सहसंयोजक माधव बुढाथोकी, अनेरास्ववियू दाङका सहसंयोजक रविन्द्र डाँगि विद्यार्थी नेताहरु प्रकाश शर्मा, अशोक भण्डारी, प्रकाश रावत लगाएतको उपस्थिति भएको थियो ।

मसाल जुलसुपछि कोणसभामा परिणत भएको कार्यक्रमको सहजिकरण तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य अमर नेपाली माइकलले गरेका थिए ।