Loading... आजः १७ फाल्गुन २०७७, सोमबार

प्रतिगामीको न लिंग हुन्छ, न लैंगिकता, न जात वा धर्म

शासकमा लैंगिकता जोडी भावनाको कुरा गरेर नबहकिनु नै राम्रो हुन्छ
रामकुमारी झाँक्री-नेतृ (नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

हामी कलिला नानीहरू यो देशमा परिवर्तन र रूपान्तरको लागि लडेका थियौं।सपना थियो- जनताको सुख र समृद्धि । त्यसका लागि राजनीतिक क्रान्ति सम्पन्न गर्नु थियो र आर्थिक क्रान्तिको लागि राजनीतिक स्थायित्व र सुशासन स्थापना गर्नु थियो । हामी लड्यौं- क्रान्ति गर्यौ यो व्यवस्था ल्यायौं।

तर यो व्यवस्थाको विरूद्ध संविधानको धज्जी उडाउने काम कसले गर्यो ? त्यसको विरूद्ध लड्नु हाम्रो कर्तब्य हो। प्रतिगामीको न लिंग हुन्छ, न लैंगिकता, न जात वा धर्म।

लैंगिक संवेदनशीलता मलाई राम्रोसँग थाहा छ । शासकमा लैंगिकता जोडी भावनाको कुरा गरेर नबहकिनु नै राम्रो हुन्छ। जब जात वा लिंगको सहारा लिएर सुरक्षित हुन खोजिन्छ नि, त्यो पनि डर लाग्दो अवसरवाद हो।

जवानी र विधवाको सवाल होइन यो।त्यसो त आज हामीले ल्याएको व्यवस्थाको धज्जी उडाउने महाराजा वा महारानीले हाम्रा सपना र हाम्रो बाल्यकाल फिर्ता गर्न सक्छन् ? अझै पनि भावनाको कुरा गरेर फाइदा लिने?

बाल्यकाल र आमाको जवानी फिर्ता माग्नेहरू विदेशी विश्वविद्यालय पढ्दै थिए, जतिबेला हामी हजारौं-लाखौंको सपनाका लागि लड्दै थियौं। आमा-बुबाको राजनीतिको ब्याज मिहिनेत बिना हामीले कति पुस्तासम्म तिर्दै जानुपर्ने हो?