Loading... आजः १३ फाल्गुन २०७७, बिहीबार

तुलसीपुर १८ का ३३ जेष्ठ नागरिकलाई न्यानो कपडा

फाईल फाटो

कपिल लामिछाने

तुलसीपुर, १९ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ ले आज एक कार्यक्रमको आयोजना गरि ८४ बर्षभन्दा माथीका ३३ जनालाई न्यानो कपडा वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ को प्राङ्गनमा भएको न्यानो कपडा वितरण कार्यक्रममा कार्यक्रमकि प्रमुख अतिथि माया शर्मा आचार्यले बृद्धबृद्धाहरु भनेका हामीहरुका अभिभावक भएको भन्दै सधैँ उहाँहरुको हितमा काम गर्दै अघि बढ्ने कुरा उल्लेख गरे ।

शर्माले मनमोहन अधिकारीलाई सम्झदै बृद्धबृद्धाहरुको लागी १ सयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले आएर १२ हजार पुगेको र अझै यसलाई बढाएर उनिहरुको सहारा बन्ने भन्दै बृद्धबृद्धाहरु भगवानको अर्को रुप भएको र उनिहरुको लागी सदैव यी र यस्ता कार्यक्रमहरु ल्याई अघि बढ्ने प्रतिबध्दता ब्यक्त गर्दै सधै जनताको हितमा काम गर्ने कुरा बताए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले यसरी घर आँगनमा बसि आफ्ना अभिभावकहरुको सेवा गर्न पाउदा निकै खुसी भएको कुरा ब्यक्त गर्दै वडाले बृद्धबृद्धाहरु,बालबालिकाहरु,असाहय,द्धन्दपिडित लगाएत सबैका हितका लागी बिभिन्न कार्यक्रमहरु ल्याउदै आएको र यहिँ आउदोँ फागुन १ गतेदेखि जेष्ट नागरिकहरुका लागी बिमा कार्यक्रम समेत अगाडि बढाउन लागेकाले सम्पुर्णले यसको लाभ लिन अनुरोध समेत गरे ।

कार्यक्रममा ३३ जना जेष्ट नागरिकहरुलाई १ थान ओड्ने,ओछ्याउने,देखि लिएर सम्पुर्ण शरीरमा आबश्यक पर्ने न्यानो कपडाहरु वितरण गरिएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाकि उपमेयर माया शर्मा आचार्यको प्रमुख अतिथ्यतामा भएको कार्यक्रम तुलसीपुर उपमहागरपालिका वडा नं १७ का वडा सदस्य लब्रु चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण तुलसीपुर १८ कि वडा सचिव रामकुमारी मरासिनीले गरे ।