Loading... आजः ५ बैशाख २०७८, आईतवार

ब्लड क्यान्सर पीडित करण पुर्जाको उपचारमा समस्या, आर्थिक सहयोगका लागि अपील

निर्मल पौडेल,लोकपाटी ।

पर्वत, १४ माघ। काठमाडौंको सिभिल अस्पतालको वेडमा जीवन र मृत्युसँग लडिरहेका पर्वत वाँसखर्कका २३ वर्षीय करण पुर्जाको उपचारमा सहयोगार्थ रु ३ लाख ८८ हजार ८ सय ५५ रुयैँया सहयोग गरिएको छ। अहुरी इन्टरटेन्टमेन्ट,आर्ट नेपाल र पश्चिम नेपाल कला मञ्च बाग्लुङ कालिका हेर्ने टिभि, अमेजिनङ साइरसको संयुक्त अभियानमा संकलित उक्त रकम पीडितका वुवा थमानसिंह पुर्जाको खातामा पठाइएको हो।

कुस्माका कलाकारहरुले करण पुर्जा बचाउ अभियान सञ्चालन गरेका थिए। पुर्जा वचाउ अभियानमा संकलित रकम र अहुरी इन्टरटेन्टमेन्टको प्रस्तुतीमा निर्माण गरिएको चलचित्र अहुरीको विशेष शोमार्फत् संकलन गरिएको उक्त रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत् हस्तान्त्रण गरिएको हो। बचाउ अभियान पर्वत, वाग्लुङ, बेनीमा सञ्चालन गरिएको थियो।

अभियानमा साथ दिने र सहयोग गर्ने सवै सहायोगी मनहरुलाई हार्दिक धन्यवाद दिँदै चलचित्रका निर्देशक विशाल लोहनीले अन्य सहयोगी मनहरुलाई पनि सक्दो सहयोग गर्न आग्रह गरेका छन्। कलाकार थमानसिंह पुर्जाका छोरा करण पुर्जा विगत ३ महिना देखि काठमाडौंको सिभिल अस्पतालमा उपचार गराईरहेका छन्। अहिले सम्म उपचारमा करिव १० लाख खर्च भैसकेको र डाक्टरहरुका अनुसार वोन म्यारो ट्रान्सपलान्टको लागि मात्र रु १५ लाख भन्दा वढि लाग्ने जानकारी दिएको पुर्जाले बताए।

उनले भने जीवनमा नसोचेको भयो छोरा जीवन र मृत्युसंग लडिरहेको छ, आँफूसँग भएको र ऋण धन गरेको सबै पैसा उपचारमा सकियो,गाउँमा घरगोठ वेचौँ कसैले किन्दैनन् तैपनि कतिनै पो पर्छ र । अहिले औषधी उपचारमा दिनहुँ ३० हजार जति खर्च आउँछ कहाँवाट ल्याउने ? वोली पुराउन सकेनन्। जीवनमा दुख जस्लाई जहाँपनि पर्न सक्छ, पुर्जा परिवारमा परेको दुृखको घाउमा आर्थिक सहयोग गरी थोरै भएपनि मल्हम लगाउन चाहनेहरुले पीडित पुर्जाको वाणिज्य वैँकको खाता नम्वर १६६०१०००११४०५०१० मा सहयोग गर्न सक्नुहुनेछ। छोराको उपचारमा आर्थिक समस्या भएपछि सहयोगी मनहरुले सक्दो सहयोग गरी जीवनरक्षा गरिदिन पुर्जाले आग्रह गरेका छन्।