Loading... आजः १७ फाल्गुन २०७७, सोमबार

दंगीशरणमा समुह सदस्यहरुका लागि अनुशिक्षण तालिम

दिपतीशिखा चौधरी

दंगीशरण, १४, माघ । दंगीशरण गाउँपालिकामा समुह सदस्यहरुका लागि एक दिने अनुशिक्षण तालिम आज मंगलवार सम्पन्न भएको छ । तालिममा लमहि नगरपालिका योजना शाखाकि तेजा गैरेले समुह के, समुह कस्तो के का लागि ?,समुह कसरी बनाउँने,बचत के हो,कसरी गर्ने, बचतको आवश्यक्ता, ग्रामिण ब्यवसाय, यसको फाईदा, महिलाहरुलाई ग्रामिण ब्यवसाय छनौट गर्दा आउँने बाधाहरु,संचालन गर्दा ध्यान दिनुपर्ने कुराहरु लगाएतका विषयमा प्रशिक्षण दिएकी थिइन् । यस्तै दंगीशरण गाउँपालिकाका कार्यक्रम अधिकृत किरण पोख्रेलले लैंगीक विभेदमा आधारीत हिंसाहरु,लिंग र जेण्डरमा देखिने भिन्नता,हिंसा किन गरिन्छ, लैंगीक विभेदमा आधारीत हिंसाका कारणहरु लगाएतका विषयमा प्रशिक्षण दिएका थिए ।

तालमिमा विभिन्न सहकारीमा आवद्ध ५८ जना महिलाहरुको सहभागिता रहको थियो । समापन कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले गाउँ तहमा निम्न र मध्यम परिवारका नागरीक भएकाले पनि सामुहिक कार्यमा लाग्न आवशयक रहेको बताए ।

स्थानीय तहमा विभीन्न किसमिका कार्यक्रम संचालन हुने गरेपनि चासो नदेखाएका कारण पनि ब्यवसायीक रुपमा अगाडि बढ्न नसकेको उनले बताए । “२५ वटा सहकारी सस्ंथा छ केहि मात्रामा बचत गर्ने बानीको बिकास भएपनि भएको बचत अनुपात्दनमा लगानी गर्ने भएकाले उद्धेश्य अनुरुप काम भएको छैन ।” अध्यक्ष चौधरीले भने ।

प्रविधि र सेवाले खर्च बढाएपनि बचत गर्ने आनीवानीमा विकास नहुनु र ब्यवसायीक तरीकाले काममा नखटिनाले आर्थिक स्थितीबाट कमजोर हुनु परेको उनले बताए ।

सो अवसरमा उपाध्यक्ष पिमा कुमारी खड्काले महिलाहरु समय अनुसार परिवर्तन हुन नसक्नुले पनि पछाडि पर्नु परेको बताइन । “आर्थीक पहँुच बढाउँन अवसर आफैँ खोज्नु पर्छ, बाहिरी कुराहरु बुझनुपर्छ सधै चुलो चौकोमा मात्र ध्यान दिनाले पनि यस्तो अवस्था आएको हो ।” उपाध्यक्ष खड्काले भनिन् । कार्यक्रमको सहजीकरण महिला बालबालीका शाखा प्रमुख चन्द्रा वलीले गरेकी थिईन् ।