Loading... आजः १३ फाल्गुन २०७७, बिहीबार

बस दुर्घटना ; १२ जना घाइते


अर्घाखाँची, २९, पुस । बस दुर्घटना हुदाँ अर्घाखाँचीमा १२ जना यात्रु घाइते भएको छन् । सोहि दुर्घटना शितगंगा नगरपालिका–१४ सिमलपानीमा बुधबार बिहान लु १ ख ७८१४ नम्बरको बस शितगंगा नगरपालिका १३ को छेडाबाट कपिलबस्तुको बैरियाका लागि छुटेको लु १ ख ७८१४ नम्वरको बस शितगंगा नगरपालिका१४ छन्त्यालरुखमा भएको थियो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार ब्रेक फेल भएर भएको बस दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका १२ जना मध्ये ९ जनालाई उपचारका लागि कपिलबस्तुको बैरिया अस्पतालमा र ३ जनालाई लुम्विनी प्रादेशिक अस्पतालमा, बुटवल पठाइएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँची अर्घाखाँचीले जनाएको छ ।