Loading... आजः १७ फाल्गुन २०७७, सोमबार

भाषण (गजल)

 

                           (गजल)
भाषण दिएर नेता हो! लाग्दैन बिस्वास मैले के गर्नु!
देश बनाउछौ! भन्ने फिट्टिकै छैन आस मैले के गर्नु!!

भोट त दिउँला लाजकाज माहाराज भने जस्तै गरि
दिएर भोट कुनै फाईदा छ! लाग्दैन खास मैले के गर्नु!

अब कसैले गर्दैन! भरोसा तिम्रा चिप्ला कुराहरूमा
पटक – पटक भरोसा गरेका पर्यौ बदमास मैले के गर्नु!!

बिक्ने छैन तिम्रो बोली चलाख भएका जनता सामु
यहि बेला तिम्रो बोली लाग्दैछ!  बकबास मैले के गर्नु!

मिठो बोलेर सपना दखायौ! जान्ने मान्ने छौ सोचियो
बुद्धिजीवीको बदलामा रहेछौ त घाँस मैले के गर्नु!!

✍🏿 : कृष्ण जंङ्ग साउद निर्दोषी
चौरपाटि गा.पा.१ अछाम
हाल स् बिरानो शहर बाट