प्रिय!! (गजल )
(गजल )
सोचे तिम्रो आगमनले जीवनमा चमत्कार हुन्छ,
सुन्दर स्वर्ग भन्दा पनि राम्रो मेरो परिवार हुन्छ ।।
जन्मदिने आमा बाबाको साथ छोडी आयौ प्रिय,
सोच्दै सोचिन तिम्रो माया मलाई कारागार हुन्छ ।।
म बनाउदै जान्छु , तिमी भत्काउदै जान्छौ किन ?
जिन्दगी तासको घरझै ढल्ने उठ्ने बारम्बार हुन्छ।।
खुसी मेरा आँसु बनी झर्छन् नयनरुपी ताल बाटै,
च्यातिदैनन् किन रु ओठका पर्दा लाचार हुन्छ।।
न मेरो भयौ न उसको न अरुको नै हुनेछौ तिमी,
लाग्छ तिम्रो माया बजारमा सधै ब्यापार हुन्छ।।
: कृष्ण जंङ्ग साउद निर्दोषी
चौरपाटि गा. पा. १ अछाम
हाल : बिरानो शहर बाट