Loading... आजः १७ फाल्गुन २०७७, सोमबार

स्वर्गको फेल र पास कस्तो छ त्यहाँ ! (गजल)

   (गजल)

सुनिल महरा,
रुकुम पश्चिम

आठवीसकोटको भन्दा वास कस्तो छ त्यहाँ!
ढिडो र सिस्नो भन्दा गास कस्तो छ त्यहाँ ।
आठवीसकोट ठाउँलाई चटक्कै छोडेर जाने कठिन भयो मायाँ
स्वर्ग भन्ने ठाउँ खास कस्तो छ त्यहाँ !
यहाँ त खडेरीले सबै सुकाइसक्यो ।
स्वर्गको दाउरा र घाँस कस्तो छ त्यहाँ !
यहाँ त मायाँकै कारण फेल भएको जस्तो महसुस हुन्थालयो
स्वर्गको फेल र पास कस्तो छ त्यहाँ !
विश्वास गर्नुहोस ममि मलाई
नाम कमाउने छु पक्कै ।
यहाँ त मायाँकै कारण, धेरै पटक फेल भएको महसुस हुनथाल्यो
स्वर्गको फेल र, पास कस्तो छ त्यहाँ !