Loading... आजः १७ फाल्गुन २०७७, सोमबार

गरिबको आँगनिमा ।। (गजल)

 

गजल
के चलिरहेछ होला संदर्भ गरिबको आँगनिमा ।           
आइपुग्दा बर्षदिनको पर्व गरिबको आँगनिमा ।।

ची ची पापा भनेर छोराछोरीले झिँज्याउँछन ।
कहाँ बाट जुटाउनु र खर्च गरिबको आँगनिमा ।।

दुई छाक जोहोको लागि कहाँ कहाँ कुदिरह्यो ।
रोग भन्दा भोक संग संघर्ष गरिबको आँगनिमा ।।

महामारी नाबालक जान्दैन के भनेर सम्झाउनु ।
मन मात्रै पिरोलिन्छ ब्यर्थ गरिबको आँगनिमा ।।

चाडवाड खुशी बाड्ने थलो कथा मात्रै हो क्यारे ।
यहि चाडवाड बनिरहेछ नर्क गरिबको आँगनिमा ।।

®दिपेन्द्र हिमजाली
चौरजहारी ८ रुकुम (पश्चिम) हाल मुग्लान