Loading... आजः १७ फाल्गुन २०७७, सोमबार

बुहारी भुमिकामा मोडेल पुनम अधिकारी हेर्नुस (भिडियो सहित)

काठ्माडौं, ६ असोज । बुर्तिबाङ म्युजिक प्रालीको प्रस्तुतीमा जीवन छन्त्याल र पुनम अधिकारीको सयुक्त प्रस्तुतीमा मौलिक दशैँ तिहार गीत ”न रुनु आमा” गीतको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।
स्कुल पढ्दा देखि नै नाच्ने गाउन एक दम रुचि चाहाना भएकी पुनम अधिकारीको पहिलो अभिनयमा रहेको मुटु दिएर बोलको गीत लगत्तै फेरि अर्को दशै तिहार गीत श्रीमान्  प्रदेशमा धन, कमाउने सपना बोकेर पराईको देशमा गएका हजारौ युवाको पिर र व्यथालाई गीतमा समेटिएको न रुनु आमा”गीतमा बुहारीको भुमिकामा अभिनय गरेकि छिन! मोहन विरही श्रीपाली र जीवन छन्त्यालको शब्द तथा अमित वावु रोकायाको लय सिर्जनामा लोकेन्द्र श्रीपाली र कमला पोखरेलको सुमधुर स्वरमा बनेको म्युजिक भिडियोमा महेश महराको छायाँकन , मनोज कार्कीको सम्पादन तथा धुव्र हिमालीको निर्देशन भिडियोमा रहेको छ ।
”न रुनु आमा” गीतको भिडियोमा रमा थपलिया , खेम धर्ति , धुव्र हिमाली , पुनम अधिकारी र मनि कुमार राईको अभिनय रहेको छ ।
”न रुनु आमा” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।