कृषि/सहकारी

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैँची

चियाको आम्दानी १४७ प्रतिशतले वृद्धि, सुध्रिएन अलैँची

   
इलाम । प्रत्येक वर्ष निकासी खुम्चिरहने नेपाली चियाको निकासी यस आर्थिक वर्षमा उल्लेखीय सुधार आएको छ । सरकारले प्रवद्र्धन गर्ने कार्यक्रम ल्याए पनि चियाको निकासीमा सुधार नहुँदा सधैँ चियाको तथ्याङ्क ऋणात्मक हुने गथ्र्यो तर यस वर्षको शुरुआतसँगै चियाको निकासी १४७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क छ । गएको आर्थिक वर्ष २०७६/७७ को (साउन–भदौ) मा रु ६४ करोड २३ लाख एक हजार बराबरको चिया निकासी भएकामा यस आव (स
रोग नियन्त्रणले किसान खुशी

रोग नियन्त्रणले किसान खुशी

   
सप्तरी । पशुहरुमा लागेको रोग नियन्त्रणमा आएपछि र पशुपन्क्षी प्राविधिकहरुले घरैमा सुविधा उपलब्ध गराउन थालेपछि सप्तरीको कञ्चनरुपका पशुपालन गर्ने किसान खुशी भएका छन् । पशुपन्क्षी विकास शाखा कञ्चनरुपका प्राविधिकहरुले घर–घरमा गएर किसानको मर्का सुनेर समाधान गर्न थालेकाले पशुपालन गर्ने किसान खुशी भएका हुन् । समस्या परेको बेलामा फोन गर्नासाथ सहजै प्राविधिकहरु आई समाधान गरीदिनाले किसानलाई ठूलो सहयोग तथा
विदेशबाट फर्केर तरकारी उत्पादनमा दाजुभाइ

विदेशबाट फर्केर तरकारी उत्पादनमा दाजुभाइ

   
बागलुङ । सत्र वर्ष साउदी अरबमा कृषि क्षेत्रमा काम गरेर स्वदेश फकर्नुभएका बागलुङ जिल्लाको गलकोट नगरपालिका–११ गिरौदीका जीतबहादुर रानामगर विदेश बसाइँबाट सन्तुष्ट भएनन् । त्यहाँ बस्दा कृषिको अनुभव सङ्गाल्नुभएका उहाँ विगत आठ वर्षदेखि वृहतरूपमा तरकारी खेती गर्दै आइरहेका छन् । अहिले गलकोट तथा वडिगाड क्षेत्रको सफल तरकारी किसानको रुपमा परिचय बनाएका कृषक रानामगरलाई साउदी बसेरै स्वदेश फर्केका सोही स्थानका
किसान समुदायभित्रै ओझेलमा परेका किसान– महिला किसान

किसान समुदायभित्रै ओझेलमा परेका किसान– महिला किसान

   
"नेपाालको कृषिमा प्रमुख श्रमशक्तिको रुपमा महिला किसानको योगदान रहेको छ । ६५.६ प्रतिशत जनसंख्याको मुख्य पेशा कृषि रहेकोमा महिलाको सहभागिता ७२प्रतिशत रहेको छ भने पुरुषको ६०.३ प्रतिशत छ । कृषि उत्पादनको प्रमुख श्रोतको रुपमा रहेको भूमिमाथि महिलाको स्वामित्वलाई हेर्दा जम्मा १९.७ प्रतिशत महिलाका नाममा जमिन रहेको छ । त्यसमा पनि कृषियोग्य भूमि १० प्रतिशत मात्र रहेको छ । महिलाको नाममा रहेको भूमिमा पनि पू
महरा र शर्माद्वारा जनयुद्व स्मृति सहकारीको सदस्यता ग्रहण

महरा र शर्माद्वारा जनयुद्व स्मृति सहकारीको सदस्यता ग्रहण

   
तुलसीपुर, २६ भदौ । भूतपूर्व सभामुख तथा नेकपाका शीर्ष नेता कृष्णबहादुर महरा सहकारीमा आवद्ध हुनु भएका छन् । महरा स्तरका राष्ट्रिय नेता सहकारीमा जोडिनुले स्थानीय सहकारी संचालकहरू निकै उत्साहित भएका छन । पूर्व सभामुख महरा जनयुद्व स्मृति सहकारी संस्था लि. तुलसीपुर उ.म.न.पा. ६ दाङको शेयर सदस्य हुनु भएका हुन । दाङ क्षेत्र नंवर २ का प्रतिनिधी सभा सदस्य, तथा पूर्व सभामुख कृष्ण बहादुर महरालाई सहकारीको सदस्
काठमाडौंमा कौसीखेती : न महँगीको डर, न विषादीको चिन्ता

काठमाडौंमा कौसीखेती : न महँगीको डर, न विषादीको चिन्ता

   
काठमाडौं, १६ भदौ  । काठमाडौं रातोपुलमा दीलीप श्रेष्ठको साता आना जग्गामा बनेको घर छ । घरको कम्पाउण्डभित्रको खाली ठाउँ, कौसी र छतमा उनले मनग्गे तरकारी तथा फलफूल उमारेका छन् । दिलिपले कौसीमा तरकारी र फलफूल फलाउन थालेको २७ वर्ष भयो । नेपालमा फल्ने अधिकांश जातका तरकारी र ६ प्रकारका फलफूल आफ्नै घरमा फल्ने गरेको उनी बताउँछन् । ‘मलाई रुख कटहर, आलु, स्कुस, न्यूरो किन्नुपर्छ, बाँकी सबै घरमै फल्छ,’
रासायनिक मललाई तिन गुण बढिमा विक्री गर्ने पक्राउ

रासायनिक मललाई तिन गुण बढिमा विक्री गर्ने पक्राउ

   
दाङ १० भदौ । दाङमा रासायनिक मलमा कालो बजारी गर्ने तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा बजार र त्यसको आसपास क्षेत्रका व्यपारीहरुले ७२१ रुपैँया र्ने रासायनिक युरिया मललाई २४०० रुपैयामा बिक्रि गर्ने तीन जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं. ५ का सुनिल पोख्रेल, गढवा ६ का राज कुमार गुप्ता र वडा नं. ६ कै युवराज पाण्डे रहेको जिल्ला प्रहरी कार
हाम्रो पहुँच डेरीमा दुध बिक्रि गर्ने किसानलाई अनुदान वितरण

हाम्रो पहुँच डेरीमा दुध बिक्रि गर्ने किसानलाई अनुदान वितरण

   
दाङ, १० साउन । हाम्रो पहुचँ बहुद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा संञ्चालित डेरी उद्योगमा दुध बिक्रि गर्ने किसानलाई अनुदान रकम वितरण गरिएको छ । प्रदेश नम्बर ५ सरकार, भुमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय रुपन्देहीबाट दुग्ध उत्पादक किसानका लागि प्राप्त अनुदान रकम बितरण गरेको हो । संस्थाले प्रदेश सरकारबाट प्राप्त अनुदान रकम १ लाख ४३ हजार २०० रुपैँया दुग्