समाज

आहा तुलसीपुर र फेमिना ग्रुपद्वारा विरामीलाई फलफूल वितरण

आहा तुलसीपुर र फेमिना ग्रुपद्वारा विरामीलाई फलफूल वितरण

   
तुलसीपुर, २८ साउन । आहा तुलसीपुर अभियान र दाङ फेमिना ग्रुपले विरामीलाई फलफूल वितरण गरेको छ । बुधबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका ४५ विरामीलाई फलफूल वितरण गरिएको हो । अन्तराष्र्टिय युवा दिवसको अवसरमा अस्पतालका प्रसुति गृह र आपतकालिन सेवामा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको आहा तुलसीपुर अभियानका यामप्रसाद पाण्डेले जानकारी दिए । त्यस अवसरमा विरामीले फलफूल पाउँदा खुसी भएको बताएका थिए
कोरोना महामारीलाई ध्यान दिएर गतिविधि गर्न आग्रह

कोरोना महामारीलाई ध्यान दिएर गतिविधि गर्न आग्रह

   
तुलसीपुर, २३ साउन । आठ वटा संयुक्त टोल सुरक्षा तथा वडा समितिको बैंठक भएको छ । सुरक्षा समितिका संयोजक राम बहादुर जिसीको अध्यक्षतामा शुक्रबार बैंठक बसेको हो । उक्त बैंठकले प्रसेनी उद्योग वाणिज्य संघको समन्वयमा वडा कार्यालय, टोल विकास संस्था, व्यापारी तथा विभिन्न संघ संस्थालाई राखि छलफल गराई निर्णय गर्न अनुरोध गर्ने निर्णय गरेको छ । सम्बन्धित टोलमा जिम्मा दिने र कोरोना महामारीलाई ध्यानमा राखी मना
बब्बेरी चौरमा बृक्षारोपन कार्यक्रमको उद्घाटन

बब्बेरी चौरमा बृक्षारोपन कार्यक्रमको उद्घाटन

   
हापुरे, १८ साउन । उत्तरभेग संरक्षण बन समितिले बृक्ष रोपन गरेको छ । बबई गाउँपालिकाको वडा नंवर ३ अन्तर्गत उत्तरभेग संरक्षण बनको बब्बेरी चौरमा बृक्षरोपन भएको हो । बबई गाउँपालिका वडा नंवर ३ का वडा अध्यक्ष नन्दलाल वलीले टिमुरको विरुवा रोपेर कार्यक्रमका े उद्घटन भएको थियो । कार्यक्रमको उदघाटन गर्दै वडाध्यक्ष नन्नदलाल वलीले सामाजिक कार्य गर्दा कांग्रेस र कम्युनिष्ट भन्न नहुने बताए । हिजो मान सिं खत्री
समाजवादप्रतिको प्रतिबद्धतानै एकताको आधार हो : अपार

समाजवादप्रतिको प्रतिबद्धतानै एकताको आधार हो : अपार

   
तुलसीपुर, १६ साउन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य तथा प्रदेश सचिब जगप्रसाद शर्मा‘अपार’ले मुल नेतृत्वको रुपान्तरण र समाजवाद निर्माणप्रतिको पुनः प्रतिबद्धता नै पार्टी एकताको आधार भएको बताएका छन् । दंगीशरण गाउँपालिका वडा नं. २ का १२ जना सहीदको १८ औं स्मृति दिवसका अवसरमा विहीबार आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रियसभा सदस्य समेत रहेका अपारले यस्तो बताए । साथै उनले पार्टीमा
किन सजिलै पाइन्छ एसिड ?

किन सजिलै पाइन्छ एसिड ?

   
जनकराज सापकोटा काठमाडौँ, ११ — साउन । घटना भएपिच्छे एसिडको खुला बिक्री वितरणलाई बन्देज गरिनुपर्ने बहस चल्छन् । सेलाउँछन् । नियमनमा सरकार गम्भीर नहुँदा यो घातक रसायन प्रतिशोध साध्ने हतियार बनेको देखिएको छ । पछिल्ला ७ वर्षमा देशका विभिन्न भागमा १९ युवती र ३ पुरुषमाथि एसिड प्रहारका २१ घटना भएका छन् । तिनमा छ्यापिएको एसिड सुनचाँदी पसल, हार्डवेयर र ब्याट्री मर्मत केन्द्रबाट सस्तो मूल्यमा सजिलै किन्
‘सुर्तीजन्य पदार्थको सेवन त्यागौँ, कोरोनाबाट जोगिऔं’, यी उमेर समूहको बढी मृत्यु

‘सुर्तीजन्य पदार्थको सेवन त्यागौँ, कोरोनाबाट जोगिऔं’, यी उमेर समूहको बढी मृत्यु

   
काठमाडौं । कोभिड–१९ बाट शुक्रबार वीरगञ्जमा दुई महिलाले अकालमा मृत्युवरण गर्नुप¥यो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ८५ वर्षीया वृद्धा र बारा परवानीपुर गाउँपालिकाका १७ वर्षीया किशोरी रहेकी छिन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चिकित्सक मदनकुमार उपाध्यायका अनुसार अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएकी वृद्धामा निमोनिया, श्वासप्रश्वास तथा मुटुको समस्या रहेको थियो । किशोर