कला/साहित्य

केहि गर्न सकियन (गजल)

केहि गर्न सकियन (गजल)

   
लवन ओलि सुर्खेत, पशुप्राविधिक खेत वारिका डल्लाहरु फोर्न सकिएन मकैधान आफ्नै ठाउमा छर्न सकिएन । बिदेशिको गुलामी भै खेतबारीलाइ बाजै राखे र त आज भोको पेट भर्न सकिएन ।। यकातिर रोगको संकट अर्कोतिर भोगमारी छ रोई रोई यक्लै बाचेको छु मर्न सकियन । कतिथिए रहरहरु उडाइ दियो बिपत्ति ले आमा तिम्लाई गुन्योचोली जोर्न सकिएन ।। ढुकढुकिले घरी घरी यादहरुलाई बिझाउछ र त आज आत्म हत्या गर्न सकिएन
सोझा साजालाई आस देखायौ

सोझा साजालाई आस देखायौ

   
पवित्रा खड्का, तुलसीपुर शिर झुक्यो ढुङ्गाको सामु यसरी प्यार गरियो हरेक ढुङ्गालाई भगवान भन्दै आभार गरियो ।। त्यी हाम्रा दुश्मन हुन भन्थें बा ले मलाई सधैँ दुश्मनलाई पनि दोस्त भन्दै नमस्कार गरियो ।। मुक्तक चाउचाउ र पानी दिएर सोझा जनता लुटियो महामारीको बेला ३ हजार लिए उद्दार गरियो । सोझा साजालाई आस देखायौ बहुमतको सरकार भन्दै जनता ३ महिनादेखि भोकै मर्न लागे अत्याचार गरियो ।।
बर्षा (कविता)

बर्षा (कविता)

   
  तुलसीपुर, २३ — असार । हरि क्षेत्रि लामो हिउदे प्रतीक्षा पछि बर्षा आएको छ चारैतिर शितलता हरियाली छाएको छ, म बर्षाको मायाले निथ्रुक्क भिजेको छु र खडेरी परेका मनहरु सिचेको छु। बर्षा आउदा किसानहरु रमाएका छन् सबैले हलो कोदालो समाएका छन् , खेतिबाली लगाउदैछन भिज्दै निरन्तर हाम्रा धेरै किसानलाई बर्षा कै छ भर। बर्षा सङै बाढी पहिरो नआएनी हुन्थ्यो विनाशका घटनाले हाम्रो मन न रुन्थ्यो,
तिमी जाली रैछौ

तिमी जाली रैछौ

   
नलाउनु थियो पिरती मैले लाएर बिग्रे जसलाई पाउनु थियो मैले न पाएर बिग्रे माया भन्ने चिजनै यस्तै केही बुझिदैन आफ्नै बाट ठूलो धोका खाएर बिग्रे छुट्टीनेहरु लाई पहिलेनै छोडिदिनु ठिक रैछ जीवन संगै न बित्नेको फोटो सजाएर बिग्रे बोलाउने त चिहान मा निम्तो गरेका रैछन म बिना कारन तिम्रो समिपमा आएर बिग्रे तिमी जाली रैछौ बुज्न सम्मा सकिना मैले झुठ्ठा कसम संग एक्लै रमाएर बिग्रे ।
लिङ्गभेद र लैङ्गकिता (Sex and gender )

लिङ्गभेद र लैङ्गकिता (Sex and gender )

   
"लिङ्ग को दोष होइन दोषी त सामाजिक ऋति रिवाज हो। त्यसैले नै होला, बहु जातीय , बहुभाषिक , बहु सांस्कृतिक र जातीय विविधता को देश भनेर चिनिन्छ नेपाल! त्यही ऋति रिवाजलाइ आत्मसात गर्दै परम्पराकाल देखि नै पुरुषले महिला र उच्च जातिले निच जाति मानियलाइ क्रुर र निर्दयी व्यबहार गर्दै दास दासीलाइ सहजै दासता प्रयोग गर्न व्यवस्था कायम गर्दै आएका रहेछन्।" जैविक विशेषता
अझैँ भेटाएकी छैन

अझैँ भेटाएकी छैन

   
एउटा यस्तो चिज हराएको छ,अझैँ भेटाएकी छैन, हरायो भनि सुचना कतै पठाएकी छैन । ऊ सोध्ने गर्छ सपनामा कसलाई देख्छ्यौ तिमी रुरु लौ कसरी भनौँ,उसलाई भेटेदेखी निदाएकी छैन ।। पत्रीका बदलिन सक्छ,समाचार बदलिन सक्छ सबूत, प्रमाण जे भएको आधार बदलिन सक्छ मदन, बिपी, बिरेन्द्र मारेको देश पो हो यो यहाँ, कहाँ कतिखेर सरकार बदलिन सक्छ ।। यिनै हातले तिम्रो अन्तिम संस्कार पो गर्नु छ कि । भाग्य तिम्रो चम्क
खालि रहन्छ मुटु यहाँ तिमी नभए (गजल)

खालि रहन्छ मुटु यहाँ तिमी नभए (गजल)

   
सुर्वण शर्मा, जाजरकोट  १५असार ।   खालि रहन्छ मुटु यहाँ तिमी नभए खै कसरी चल्छ जीवन यहाँ तिमी नभए । कर्के नजर मन्द मुस्कान भुलुँ कसो गरी सम्झन्छ तड्पन्छ यो मन यहाँ तिमी नभए ।। हजारौंको भिँडमा पनि तिमी छुट्टै छौ मरी जाउँला हर क्षण यहाँ तिमी नभए । सम्झनुको मजा अलग विर्सौ  के भनी मनभित्र चल्छ रोदन यहाँ तिमी नभए ।। खुल्छ शीतल रश्मि जुनको त्यो रुपमा गड्छ तड्पन झन् झन् य
धान दिबस (गजल)

धान दिबस (गजल)

   
राम कुमारी खड्का तुलसीपुर, १५ असार । असार महिना मानो रोपि मुरि फलाउने महिना चर्चामा आउन नक्कली किसान कलाउने होइन ?   म वास्तविक किसान हु मलाई भ्याई नभ्याई छ कति पसिना बगाउछु कति दुख छ रमाउने होइन ?   भाषणमा मात्र कृषि समृद्धि र कृषि आधुनिकता कुरा आत्म निर्भरताका लागि हजारौं टन धान फलाउने होइन ?   धान दिबसको अबसर पारी कृषक बनी दिबसै मनाउनलाई ट
सेतो सिन्दूर

सेतो सिन्दूर

   
करिब अढाई शताब्दी वसन्त पचाएकी हाम्री आमा अचेल गुजधम्म परेर अग्लो आसनमा बसेकी छन् । आफ्ना तीन कोटी सन्तानका हरेक क्रियाकलापमा नजर फ्याँकिरहेकी छिन् । निधार खाली छ तर सिउँदोमा सेतो धसेको छ । मुख्यतः आमाका हामी तीन जना प्रतिनिधिमूलक सन्तान छौँ । ज्ञान–विज्ञान, सुझबुझ र समझ मात्र नभएर चतुर्याइँमा पनि अरूहरूभन्दा हामीहरू नै अघि छौँ । दाजु गोरो छ, अग्लो छ । आमा उसलाई ‘हिरा’ नामले पुकार्दछिन् । म
घरबेटीकी छोरी

घरबेटीकी छोरी

   
‘इन्जिनिएर सापलाई आज तिते करेलीको अचार र लौकाको तरकारी’ भातको कुकरमा सिटी लगाउन समेत अल्छी लाग्ने मलाई अचार–तरकालीको स्वाद चखाउने ऊ नै त हो । आहा, कस्तो मिठो पकाउँछे घरबेटीकी छोरीले । अचार र तरकालीको कचौरा थोत्रो टेबुलमा राखेपछि मेरा आँखै अगाडि उसले मुख कुचुक्क पार्दै हात नचाई । सेतो दाद आएछ । मैले उसको दाहिने हात आफ्ना हातमा राखेर सान्त्वना दिएँ, ‘पिर नगर, बेलुका धुरी कटाएर अगुल्टामा लुतो फ